बुधवार, सेप्टेम्बर 08, 2010
  • www.chumlunghk.org
  • www.chumlunghk.org
  • www.chumlunghk.org
समाचार सामाग्री News of Kirat Yakthung Chumlung Hong Kong

NEWS OF KIRAT YAKTHUM CHUMLUNG HONG KONG

कलाकार यासेली योङहाङको सफल शल्यक्रिया

-आलोपालो डट कम, सिलीगुरी, पश्चिम बंगाल, भारत 20 July 2010

artist_yaseli_yonghangसिलीगुरी, पश्चिम बंगाल, भारत बाट प्राप्त समाचार अनुसार मृगौला रोगबाट पीडित लिम्बू भाषाका कलाकार यासेली योङहाङको उपचार भारतको केजरिवाल स्टोन क्लिनिक एण्ड किडनी केयर सेन्टरमा भइरहेको छ । हालै उनको शल्यकृया सफल रुपमा भएको किरात याक्थुङ चुम्लुङका सल्लाहकार अभिचन्द्र इङनामले चुम्लुङएचके डट ओरजीलाई बताउनु भएको थियो ।

दुबै मृगौला लभगभ काम नगर्ने अवस्थामा पुगेपछि विश्वभर रहेका लिम्बू तथा गैर लिम्बूहरुले कलाकार योङहाङको उपाचारार्थ सहयोग दिएका थिए । उनका उपचारकालागि कियाचु हङकङले पनि विशेष पहल गरेको थियो । हङकङमा रहेका याक्थुङबाहरुले ठूलै रकम सहयोग गरेको भूपू अध्यक्ष निरप्रसाद चवेगुले बताउनु भयो ।

Read more...

कुलपति बैरागी काँइलाको सम्मानमा चुम्लुङको कार्यक्रम

kulpati"नेपालमा जातिगत, भाषिक विविधता छ । नेपाली पन भनेको विभिन्न भाषा, धर्म, तथा संस्कृतिहरुको संगम हो । सबैको पहिचान गर्न आजको आवश्यकता हो । नेपाल सबै जातिहरुको मुलुक हो । नेपालको संस्कृति भनेको इन्द्रेणी संस्कृति हो । सबै रंगको उतिकै महत्व हुन्छ । " उक्त कुरा किरात याक्थुङ चुम्लुङले संस्था स्थापना भएको १५ औं वार्षिक उत्सव तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्बाङ -बैरागी काँइला)ले आफ्नै सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताउँनु भएको हो ।

Read more...

नन्द चङ्सू महासंघको सचिव पदमा विजयी

mahasangदेवराज राई / हङकङ नेपाली महासंघको सातौ महाधिवेशनले प्रदीप थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । महासंघको उपाध्यक्षमा विष्णु पाख्रिन, महासचिवमा रीता गुरुङ, सचिवमा नन्द चङ्सू र कोषाध्यक्षमा लोकराज लिम्बू निर्वाचित हुनु भएको छ ।

Read more...

लारिङ्गेक नामलिङ्गेक येले तङ्वे ५०६९ सम्पन्न

२६ अक्टोबर २००९ जोर्डन स्थित याक एण्ड येति रेष्टुरेण्टमा येले तङ्वे ५०६९ सालको लारिङ्गेक नामलिङ्गेक (देउसे भैलो)  कार्यक्रमम औपचारिक रुपमा समापन गरिएको छ ।

चुम्लुङ्का अध्यक्ष निरप्रसाद लिम्बूको अध्यक्षतामा सचिव नन्द चङ्सूको सञ्चालनमा समापन कार्यक्रममा नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, जनजाति  अध्यक्ष भूपेन्द्र चेम्जोङ,किराँत याक्थुङ चुम्लुङका सल्लाहकार अबिचन्द इङनामलाई आशन ग्रहण गर्राई कार्यक्रमलाई अगाडी बर्ढाईएको थियो । 

Read more...

आदिवासी दिवसमा किरात याक्थुङ

chumlungatadibasidivasआादिवासी जनजाति महासंघ हङकङको आयोजनामा पन्ध्रौ आदिवासी दिवस कार्यक्रम विविध कार्यक्रमहरु सहित सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न जातजातिहरुको झाँकीहरु प्रदर्शन समेत गरिएको थियो ।

उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ हङकङले च्याबु्रङ नृत्य (के लाङ) र हाक्पारे प्रस्तुत गरेको थियो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङको तर्फाट हेम कुमारी चोङबाङ,टिका माखिम, रोशा साम्सोहाङ,हस्त लिवाङ ,डिल्ली लावती,एकराज मेन्याङबो,असली वनेम, सुकु लिम्बू र भिम यक्सो आदि कलाकाहरुले भाग लिएका थिए ।

 

Read more...

More Articles...

JPAGE_CURRENT_OF_TOTAL

Start
Prev
1

Login

सूचना

Polls

तपाई हाम्रो वेभसाइटमा के कस्तो सामाग्रीहरु बढी प्रकाशित भए राम्रो लाग्छ ?

Secured by Siteground Web Hosting