लिम्बूवानका समाचारहरू
-आलोपालो डट कम, सिलीगुरी, पश्चिम बंगाल, भारत 20 July 2010
सिलीगुरी, पश्चिम बंगाल, भारत बाट प्राप्त समाचार अनुसार मृगौला रोगबाट पीडित लिम्बू भाषाका कलाकार यासेली योङहाङको उपचार भारतको केजरिवाल स्टोन क्लिनिक एण्ड किडनी केयर सेन्टरमा भइरहेको छ । हालै उनको शल्यकृया सफल रुपमा भएको किरात याक्थुङ चुम्लुङका सल्लाहकार अभिचन्द्र इङनामले चुम्लुङएचके डट ओरजीलाई बताउनु भएको थियो ।
दुबै मृगौला लभगभ काम नगर्ने अवस्थामा पुगेपछि विश्वभर रहेका लिम्बू तथा गैर लिम्बूहरुले कलाकार योङहाङको उपाचारार्थ सहयोग दिएका थिए । उनका उपचारकालागि कियाचु हङकङले पनि विशेष पहल गरेको थियो । हङकङमा रहेका याक्थुङबाहरुले ठूलै रकम सहयोग गरेको भूपू अध्यक्ष निरप्रसाद चवेगुले बताउनु भयो ।