भाषा
कथा कविताहरू
बिर्सिसकें तिम्रो वचन
संगै बाँच्ने संगै मर्ने
चुडिसके आसका त्यान्द्रा
सम्हाल्दिनँ सम्झना नी
तर आज समुद्रमा कुन्नी किन
अलिक फरक छाल आयो
त्यही छाल संगसंगै
फेरि तिम्रो याद आयो
बानी बस्यो एक्लो बाँच्ने
आसा छैन मिलनको
भुली सकें तिम्रो वचन
जहाँ पुगेनी याद गर्ने
ताइमोसानमा यसपाली
अलिक फरक हावा चल्यो
त्यही हावा संगसंगै
फेरि तिम्रो याद आयो
चैत्र मासमा वतास चल्यो
उराठ भयो वन पाखा
किन पो जोडिन्थ्यो
लाछिएर झरेको हाँगा ।
तर फेरि….
वशन्तको पालुवासंगै