बुधवार, सेप्टेम्बर 08, 2010
  • www.chumlunghk.org
  • www.chumlunghk.org
  • www.chumlunghk.org
मंगलवार, 20 अप्रेल 2010 12:22

हङकङमा नयाँ गीति एलबम सार्वजानिक Featured

Written by  alopalo
Rate this item
(0 votes)

हिमालयन टोन्स म्यूजीक एकेडेमीमा सरगम प्रशिक्षण लिई रहेका गायक कलाकारहरुको सक्रियतामा संगीतकार दिनेश सुब्बाद्वारा संगीतबद्ध कलाकारहरुको नयाँ सांगीतिक एलबम युनीसन अप्रेल १८ तारिखका दिन जोर्डन हङकङको याक एण्ड यति रेष्टरेण्टमा एक समारोह बीच नेपालकी चर्चित गायिका अञ्जु पन्तले सार्वाजानिक गरिन् ।

युनिसन एलबममा विमला राई, हरिचन्द्र राई, विष्णुनन्द राई, शुशिला राई, मोहन गुरुङ र कमल राईको स्वर रहेको छ । एलबममा दिनेश सुब्बा, आशा विदीर्ण राई, प्रतीक चाम्लिङ, विष्णुनन्द चाम्लिङ, मोहन गुरुङ र हाङयुग अज्ञातको शब्द रहेको छ । यस एलबममा दिनेश सुब्बाले कल्चर इन मोशन कार्यक्रममा प्रस्तुत गरिएको जन्मभूमि जननी गीत समेत संलग्न गराइएको छ ।

हिमालयन टोन्सको ब्यानरमा सम्पन्न विमोचन समारोहमा हङकङेली गायक कलाकारहरुको उपस्थिति रहेको थियो । दिनेश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गायिका अञ्जु पन्तलाई प्रमुख अतिथिको रुपमा निमन्त्रण गरिएको थियो ।

कार्यक्रममा हङकङ नेपाली कलाकार संघका अध्यक्ष सुरेन लिम्बू, गीतका टंक साम्बाहाम्फे, एनआरएनका गणेश इजम, आदिवासी गीतकार समाज हङकङका अध्यक्ष प्रदीप कन्दङ्वा लगायतका व्यक्तिहरु उपस्थित थिए । गायक कमल र्राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । रबीन राईले एलबमको समीक्षा गरेका थिए ।

विमोचन समारोहलाई गायिका अञ्जु पन्त, टंक साम्बाहाम्फे, गणेश इजम तथा सुरेन लिम्बूले समेत शुभकामना मन्तव्य राखेका थिए । नेपाली संगीत तथा एलबम सम्बन्धि अध्यक्ष दिनेश सुब्बाले समेत विमोचन समारोहलाई सम्बोधन गर्नु भएको थियो ।

Last modified on मंगलवार, 20 अप्रेल 2010 12:25
alopalo

alopalo

E-mail: यो इमेल ठेगानालाई बाट सुरक्षित गरीएको हुनाले यसलाई हेनको निम्ती जाभास्क्रिप्ट enable गर्नुपर्छ

Leave a comment

Login

सूचना

Polls

तपाई हाम्रो वेभसाइटमा के कस्तो सामाग्रीहरु बढी प्रकाशित भए राम्रो लाग्छ ?

Secured by Siteground Web Hosting