आइतवार, सेप्टेम्बर 05, 2010
  • www.chumlunghk.org
  • www.chumlunghk.org
  • www.chumlunghk.org
मंगलवार, 27 अप्रेल 2010 13:46

पान्थर मञ्च हङकङले नयाँ बर्षकार्यक्रम सम्पन गरेको छ । Featured

Written by  तान्छोहाङ लाओती
Rate this item
(0 votes)
हङकङ, २५ एप्रिल २०१० का दिन पान्थर मञ्च हङकङले नयाँ बर्ष२०६७ सालको उपल्क्षयमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम हङकङको मंङकिहिल स्थित बि.बि.क्यु. एरिया बि.बि.क्युको साथमा सम्पन गरेको छ । गतसाल बाट पान्थर मञ्च हङकङले नेपाली नयाँ बर्षाई भब्यताको साथमा मनाउने गरेको छ । पान्थर मञ्च हङकङका अध्यक्ष कृष्णराज लाओतीको अध्यक्षतामा सम्पन उक्तकार्यक्रमा प्रमुख अथिती नेपाली महासंघका अध्यक्ष हेम लिम्बु,बिशेस अथितीमा जनजाति महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ,अथितीहरुमा धरान मञ्चका प्रदीप थापा,तेह्रथुम मञ्चका मदन कन्दङवा,हेभनली पाथका मोति चाम्लीङ,किरात धर्मका मोहन मान नेम्बाङ,किरात याक्थुङ चुम्लुङका हस्त लिवाङ, मञ्चका सल्लाहकार द्वय ओमराज सम्बाहाङफे र योगेन्द्र गुरुङ रहनु भएको थियो ।
सम्पुर्ण उपस्थित महानुभावहरु लाई मञ्चका उपाध्यक्ष हर्क राना मगर ले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा सलिना राना मगर लाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो । उहाँ माध्यमिक तहको क्यानटोनिज भाषाको वक्तत्वकलामा प्रथम हुनु भएको थियो । कार्यक्रम सचिव प्रताप र्राईले सञ्चालन गर्नु भएको थियो ।

सांस्कृतिक कार्यक्रमका सयोजकहरु टिका माखिम, कल्पना तुम्रोक र पवित्रा र्राई द्वारा सञ्चालन गरिएकको थियो । कलाकारहरुमा निसाम चेम्जोङ, अस्मि लिम्बु,कान्छा लिम्बु,असृता र्राई र बेधराज बेघाले बिभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । साथै सयोजकहरु ले पनि गीत र नृत्य प्रस्तुत गरेका थिए । केलाङका  कलाकारहरुमा काजिमान मास्वा,हस्त लिवाङ,चन्द्र सिङघक र टिका माखिमले केलाङ प्रर्दशन गरेका थिए । कार्यक्रम बेलुका ८ बजे सम्म सञ्चालन भएको थियो ।
Last modified on मंगलवार, 27 अप्रेल 2010 14:05

Leave a comment

Login

सूचना

Polls

तपाई हाम्रो वेभसाइटमा के कस्तो सामाग्रीहरु बढी प्रकाशित भए राम्रो लाग्छ ?

Secured by Siteground Web Hosting