चुम्लुङको अध्यक्ष निर प्रसाद जवेगुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरुमा क्रमशः हङकङ नेपाली महांसंघका अध्यक्ष प्रदिप थापा, लिम्बुवान मुक्ति मोर्चा हङकङका अध्यक्ष प्रकाश यक्सा, लिम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष दिल पालुङ्वा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष जे.बि. ओख्राबो, मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङका अध्यक्ष नबराज काम्बाङ्ग, नेपाल लोकतान्त्रिक किरात लिम्बु संघ हङकङका अध्यक्ष ओमराज सम्बाहाम्फे र नेपाल स्वायत्त लिम्बु संघका प्रतिनिधि शरण सुब्बा हरुलाई आशन ग्रहण गराइएको थियो ।
स्वागत मन्तब्य पदम लाओतीले गर्नु भएको थियो भने चुम्लुङका सहसचिब टिका माखिमले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । विबिध लिम्बुवानी सांस्कृतिक कार्यक्रमको साथ कार्यक्रम सम्पन्न भएको थियो ।
