लिम्बू जातिको धर्म, संस्कृति, संस्कार, सूचना, प्रतिभाहरुलाई समेट्ने विश्वमा कुनै पनि गतिलो वेभपत्रिका नभएको अवस्थामा हाम्रो वेभसाइट संचालनमा छ । वेभ पत्रिकालाई विश्वभर रहेका चुम्लुङ संस्थाहरुले यसको प्रशंसा गरेका छन् । प्रशंसा गर्ने पहिलो कारण हामी किरात याक्थुङ चुम्लुङ हङकङमा कतिको सक्रिय छौं । हाम्रा गतिविधिहरु के भइरहेका छन् । उनीहरुले हाम्रा कार्यक्रमहरुलाई हेरेर, मूल्याङ्कन गरेर हामीलाई बारबार इमेल साथै टेलिफोन कल प्रशंसाहरु दिइरहनु भएको छ ।
यस वेभ पत्रिकाको आवश्यकता पत्रपत्रिका प्रकाशित गरेर बिश्वभर पुर्याउन असम्भव भएका कारण हामीले वेभ पत्रिकालाई नै रोज्यौं । यसमा भनेजस्तो समय प्रदान गर्न नसके पनि एक वर्षो अवधिमा गतिशिल भएर गएको छ । यसलाई निरन्तरता दिनु आजको आवश्यकता हो । कमी कमजोरी सुधार गर्दै अगाडि बढ्नु परेको छ ।
प्रतिभाहरुको खोजी र वेभपत्रिकाको निरन्तरता
वेभ पत्रिका संचालन गर्न पर्याप्त ज्ञानको अभावमा हामी लभगभ एक वर्षअध्ययान गर्यौं । धेरै व्यक्तिहरुलाई अनुरोध गर्यौ तर पनि सम्भव भएन । अन्ततः पत्रकार देवराज र्राईलाई अनुरोध गरेर यस वेभ हालसम्म संचालन भई आएको जानकारी गराउँदछु ।
अज्ञानी भएपनि हामी हिम्मत हारेका छैनौं । हङकङमा समेत लिम्बू समुदायमा पत्रकारहरु औलामा गन्न सकिने अवस्था छ । उहाँहरुबाट पनि सहयोग त भइरहेको छ यद्यपि यो पर्याप्त भने पटक्कै होइन । त्यसैले हामीहरुले यस क्षेत्रमा समेत युवाहरुलाई आकषिर्त गरेर प्रतिभाको खोजी गर्नुपर्छ । संचारमा हाम्रो पनि पहूँच पुर्याउन अति आवश्यक छ ।
विभिन्न तालिम, सेमीनारहरु संचालन गरेर संचार र प्रविधिमा समेत हाम्रो आवश्यकता परिपर्ूर्ति गर्ने व्यक्तिको खोजी गर्नु छ । किरात याक्थुङ चुम्लुङ हङकङले यस कार्यक्रममा पहल गर्ने छ । म आशा गर्दछु ।
हाम्रो आभार र बधाई
हरेक दिन अधिक भिजिटरहरु आइरहने अवस्थामा पुर्याउन पहल गरिदिने, समाचारहरु प्रदान गर्ने विविध मेडियाहरुलाई हामी धन्यवाद दिनर्ुपर्छ ।
वेभपत्रिका संचालन गर्ने प्रकाशन सामाग्रीको अभावमा हामी केही समय अभावमा गुज्रनु परेको थियो । पछिल्ला दिनहरुमा हाम्रा पत्रकारहरुले विश्वका विभिन्न ठाउँहरुबाट प्रकाशन सामाग्री पठाइदिने सम्पर्ूण्ा पत्रकार, संचारकर्मी, लेखकहरु प्रति हामी कृतज्ञ बनेका छौं । काठमाण्डु, धरान, दमक र इलाममा संवाददाताहरु राखिएको जानकारी गराउँछु ।
वेभ पत्रिका संचालनार्थ सबैखाले सहयोग पुर्याउने किरात याक्थुङ चुम्लुङ हङकङको सबै पदाधिकारीहरुप्रति अनि सम्पादन, गर्ने र लेखेर वेभ पत्रिकालाई निर्माण मात्र होइन निरन्तर सहयोग गर्ने बिशेस श्रोत आलोपालो डटकमका देवराज र्राईलाई हामी आन्तरिक हृदय देखिनै धन्यवाद् दिन्छौं ।
पदम कुमार लावती
संयोजक
चुम्लुङ एचके डट ओआरजी
