किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा गत जुलाई २५ तारिखका दिन चुम्लुङको नयाँ कार्यसमिति तथा पुरानो कार्यसमिति बीच बुझ बुझारथ एवं कार्यभार हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो । येले तङ्बे ५०७० सालको सिसेक्पा तङनामको उपलक्ष्यमा आयोजित कार्यक्रममा आठौं अधिवेशनले चुनेको नयाँ कार्समितिलाई कार्यसमितिमा निर्वाचित भएको प्रमाणपत्रहरु आठौं अधिवेशन निर्वाचन मण्डलका सदस्यहरुले वितरण गरेका थिए ।
बृहत लिम्बूहरुको उपस्थितिमा जोर्डनको डीएमपी स्टोरमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हस्त लिबाङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । निवर्तमान अध्यक्ष निरप्रसाद चवेगुले आफ्नो कार्यसमितिलाई सहयोग गर्ने सबैलाई धन्यवाद् व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा संघीय लिम्बूवान एकिकृत बृहत मोर्चाका पार्टिहरुको उपस्थिति पनि रहेको थियो ।
(क) अध्यक्ष श्री प्रकाश यक्सो — लिम्बुवान मुक्ति मोर्चा साखा हङकङ ।
(ख) अध्यक्ष श्री दिलबहादुर पालुङ्वा — लिम्बूवान राष्ट्रिय मोर्चा साखा हङकङ ।
(ग) सचिव श्री एन.बि. थोप्रा — लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा साखा हङकङ ।
(घ) अध्यक्ष ओमराज सम्बाहाम्फे — नेपाल लोकतान्त्रिक किराँत लिम्बू संघ साखा हङकङ ।
(ङ) अध्यक्ष नवराज काङवाङ — संघिय लिम्बुवान राज्य परिसद साखा हङकङ ।
(च) प्रतिनिधी मुकुम शेर्मा — नेपाल स्वायत्ता लिम्बूवान् संघ साखा हङकङ ।
(छ) निवर्तमान अध्यक्ष निर प्रसाद चवेगू — सहयोगी समन्वयकर्ता किराँत याक्थुङ चुम्लुङ हङकङ ।
किरात याक्थुङ चुम्लुङलाई मिडीयामा सहयोग पुर्याउने पत्रकार देवराज राई र कियाचुलाई निरन्तर हात र साथ दिने इन्द्र वनेमलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता कियाचुका नव निर्वाचित अध्यक्ष कृष्ण लावतीले गर्नु भएको थियो ।