धार्मिक समाचार
राष्ट्रिय चाड चासोक् तङ्नाम् २०६६ को उपलक्ष्यमा संयुक्त लिम्बुवान मोर्चा नेपालद्वारा ललितपुर चुम्लुङहिम, ललितपुरमा आयोजना गरिएको शुभकामना आदान-प्रदान एवम् चियापान समारोह सम्पन्न भएको छ ।
काठमाडौं । मंसिर १७ गते सरकारले समाजसुधारक महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले इलामको इभाङ गाउँ विकास समिति वडा नम्बर ५ चुक्चिनाम्बामा जन्मी लिम्बुवानमा समाजसुधारका कार्य गरेका महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । उनले समाजसुधारका लागि सत्यधर्म मुचुल्का उठाएका थिए । जसले समाजलाई अहिंसाको बाटो अवलम्बन गर्न आग्रह गरेको थियो ।
"माखिया लाम (अन्धकार बाटो) छोडेर फगिया लाम -सुमार्ग) मा हिड्नु पर्छ" भन्दै उपदेश प्रदान गर्नुहुने किरात धर्मका पवतक तथा २० औं शताव्दीका महान समाज सुधारक मुहिङगुम अङसीमाङ फाल्गुनन्दको १२५ औं जन्मजयन्ती भव्यताका साथ सम्पन्न भएको छ ।
किरात लिम्बू जातिहरुको महान चाड चासोक तङनामको उपलक्ष्यमा आगामी डिसेम्बर ६ तारिख २००९ का दिन विभिन्न कार्यक्रमहरु सहित हङकङमा चासोक तङनाम भव्यरुपमा सम्पन्न हुनगइरहेको छ । चासोक तङनाममा उपस्थितिकालागि किरात याक्थुङ हङकङ सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेको छ ।