हङकङ, आज अगष्ट २९ तारिक २०१० का दिन पान्थर मञ्च हङकङले दोस्रो वाषिर्क भेला याउ मा तेइ स्थित कम्युनिटी हलमा विभिन्न मनोरञ्जानात्मक कार्यक्रमका साथ सम्पन्न गरेको छ । प्रमुख अतिथीमा वयोबृद्ध तारा वीर गुरुङ र विषेश अतिथीमा वयोबृद्ध मन प्रशाद लिम्बु रहेको थियो ।सोही समय बिशेष अतिथी मनपर्साद आङ्देम्बे ज्यु ले सस्थालाई १०१० हङ्कङ डलर सहयोग कोरुपमा प्रदान गरे।
किरात याक्थुङ चुम्लुङको मिडिया विभागको संयोजनमा संस्थाका पदाधिकारीहरुलाई चुम्लुङको आधिकारिक वेभ साइट चुम्लुङएचके डट ओआरजीको व्यवस्थापन तथा आधारभूत पत्रकारिता सम्बन्धी एक दिने कार्यशाला ८ अगष्गटका दिन हङकङ नेपाली महासंघको कार्यलयमा सम्पन्न गर्यो ।
हङकङ नेपाली वर्कर्स युनियनको आयोजनमा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता अगष्ट महिनाको १ तारिख कुनचुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो । प्रतियोगितामा पुरुष एकल तर्फ विरेन्द्र थापा प्रथम तथा रोशन सिकर्मी वेष्ट प्लेयर र उपविजयी बन्न सफल भएका थिए ।
किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा गत जुलाई २५ तारिखका दिन चुम्लुङको नयाँ कार्यसमिति तथा पुरानो कार्यसमिति बीच बुझ बुझारथ एवं कार्यभार हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो । येले तङ्बे ५०७० सालको सिसेक्पा तङनामको उपलक्ष्यमा आयोजित कार्यक्रममा आठौं अधिवेशनले चुनेको नयाँ कार्समितिलाई कार्यसमितिमा निर्वाचित भएको प्रमाणपत्रहरु आठौं अधिवेशन निर्वाचन मण्डलका सदस्यहरुले वितरण गरेका थिए ।
गत वर्षमार्च १७ तारिख होमान्टिनको डाडाँमा प्रहरीव्दारा गोली हानी हत्या गरिएको दिलवहादुर लिम्वूको मृत्यु कानुन सम्मत भएको फैसला कोरोनर्स अदालतले सुनाएको छ । २५ मे दिउँसो पाँचजना जुरीहरुको र्सवसम्मत निर्णयबाट दिलवहादुर लिम्वूको हत्या कानुन सम्मत भएको फैसलार् इर्स्टन लकोर्टको १५ नम्वर अदालतमा सुनाइएपछि ७० दिन भन्दा वढी सुनुवाई भएको इन्क्वेस्ट समाप्त भएको छ । पाँचजना जुरीहरु मध्ये एकजना टोली नेताले अदालतले दिएको र्फम -१२ मा तोकिएको ढाँचामा तयार पारेर फैसला पत्रकार तथा दिलवहादुर लिम्वुको शुभचिन्तकहरुले खचाखच भरिएको अदालतमा सुनाएको थियो । ७६ दिनभन्दा लामो सुनुवाई गरिएको सो मुद्दाको फैसला जुरीहरुले केवल ४ घण्टा मै सुनाएको थियो । हङकङ प्रहरी र अल्पसंख्याक जातीहरुको वीचको अधिकार र हङकङ प्रहरीको छवीको लर्डाईको रुपमा चर्चिच मुद्दालाई जुरीहरुले कुनै विषेश स्थान दिएको देखिएन । त्यसैकारण उनीहरुले आफ्नो फैसलामा कुनै किसिमको सुझाव समेत दिएका छैनन् ।