श्याम इङ्नाम, हङकङ, १ अगष्ट २०१०,
संघीय गणतान्त्रिक नेपालको अब बन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एक आत्मानिर्णय अधिकारसहितको विशिष्ट स्वायत्त राज्य हुनुपर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको अरुण-सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरुसहितको हुनुपर्छ भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिको सी. सी. ओ. अभियानअन्तर्गत न्यु टॆरिटोरिज क्षेत्रीय कार्य समिति गठन भएको छ ।
सोह्रौ विश्व आदिवासी दिवसको उपलक्ष्यमा हङकङमा समेत नेपाली आदिवासी जनजातिहरुले याउ मा तेइ कम्युनिटी सेन्टरमा दिवस एक दिन अगावै धुमधाम मनाए । कार्यक्रममा उनीहरुले विविध संस्कृतिहरु झाँकीहरु प्रदर्शन गरेका थिए ।
हङकङ । नबराज काम्बाङ
१३ जुन २०१० आइतवारका दिन हङकङको मंकिहिल बि.बि.क्यू.स्पटमा किरात याक्थुङ चुम्लुङ हङकङ संयोजकत्वमा र संयूक्त लिम्बुवान मोर्चा हङकङको आयोजनामा लिम्बुवान जनजागरण कार्यक्रम र आमसभा सम्पन्न भएको छ ।
धनकुटा लिम्बुवान चैत्र २५ २०६६/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाहरुलाई आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य घोषणा गराउने उद्देश्यले 'मिशन डीएस्' नामकरण गरी सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो दिन चैत्र २५ गते पाख्रीवास धनकुटामा आयोजना गरिएको विशाल लिम्बुवानी आमसभा भव्यतापूर्वका सम्पन्न भएको छ ।
धरान लिम्बुवान, फागुन १९/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक विस्तारित बैठक २०६६ फागुन १६, १७ र १८ गते सुनसरीको धरान लिम्बुवानमा सङ्गठनका अध्यक्ष कुमार लिङदेन 'मिराक' को अध्यक्षतामा सम्पन्न भयो । तीन दिनसम्म चलेको उक्त बैठकमा लिम्बुवानका ९ वटै जिल्ला, उपत्यका र सबै भातृसंगठनहरूको समेत प्रतिनिधित्व र सहभागिता रहेको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाझापा मोरङ् सुनसरी पान्थर इलाम ताप्लिजोङ् तेह्रथुम् धनकुटा र सङ्खुवासभालाई आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य तथा लिम्बुवानअन्तर्गत् विभिन्न स्वायत्त क्षेत्रहरुको प्राप्तिको आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउन संघीय लोकतान्त्रिक राष्ट्रिय माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को विशेष विस्तारित बैठक लिम्बुवानको धरानमा आजबाट शुरुभएको छ।